कोटेश्वरमा विप्लव र माधव नेपालबीच भेटवार्ता, प्रचण्ड पनि सहभागी

0

काठमाडौं : तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर भूमिगत राजनीति छाडेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ओली सरकारको बर्हिगमनपछि राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् ।

बुधवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका विप्लव बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

नेपालसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी थिए ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै विप्लवले ओली नेतृत्वको सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयमा केन्द्रित रहेर नेताहरुसँग छलफल गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.