कांग्रेस पदाधिकारी बैठक सर्यो, शुक्रबार २ बजे बस्ने
काठमाडौं : नेपाली कांग्रेसको बिहीबारका लागि बोलाइएको पदाधिकारी बैठक सरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक सरेको हो ।
बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजेलाई सरेको कांग्रेसले जानकारी दिएको छ ।
शुक्रबार बस्ने बैठकमा देउवाले पार्टीका शीर्ष नेतासँग सरकारका प्राथमकिता, मन्त्रिपरिषद विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल हुने छ ।
मंगलबार प्रधानमन्त्रीको शपथ लिएर देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री समेटेका छन् । २५ सदस्यीय मन्त्रिमण्डलमा १७ मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन् । गठबन्धन र पार्टीभित्र सन्तुलन मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी छ ।