एनआरएनए बेल्जियमको उम्मेद्वारि दर्ता १५ जुलाई साझ ६ बजे सम्म

0

एनआरएनए बेल्जियमको आगामी कार्यकालको निर्वाचनका लागि निर्वाचन समितिले भोलि १५ जुलाई बिहीवार बिहान १०,00 बजे बाट साझ १८,०० बजे सम्म उम्मेद्बारी दर्ता गर्न समय सिमा तोकेको छ । निर्वाचन समितिका सदस्य सचिब शिव बरुवालले सुचना जारि गर्दै तोकिएको समय र स्थानमा मनोनयन दर्ताका लागि उमेदवार र उमेदवारको प्रस्तावक एवं समर्थक स्वयं उपस्थित भै आफ्नो उम्मेद्वार दर्ता गर्न अनुरोध गर्नु भएको छ ।

जुलाई २५ मा हुने निर्वाचनका लागि बिभिन्न पदको उम्मेद्वार हुन चाहने पन्जिक्रित सदस्यलाई मनोनयन शुल्क, परिचयपत्र सहित् आबस्यक कागजात पनि माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.