आयोगद्वारा प्रतिनिधिसभा निर्वाचन कार्यतालिका रद्द

0

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका रद्द गरेको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएपछि आयोगले निर्वाचन तालिका रद्द गरेको हो ।  

कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने कार्यतालिका तय भएको थियो । 

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

‘निर्वाचन आयोगले सम्मानित सर्वोच्च अदालतबाट मिति २०७८/३/२८ मा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८/३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave A Reply

Your email address will not be published.