निवर्तमान प्रधानमन्त्री ओलीले छाडे बालुवाटार

0

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । सर्वोच्च अदालतले कांग्रेस नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओली पदमुक्त भएका थिए । 

देउवाले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिइसकेका छन् । ओली सरकारी निवास छाडेर निजी निवास बालकोट जान लागेका हुन् । उनको बिदाइमा बालुवाटारमा बाक्लो संख्यामा मानिसहरुको उपस्थिति थियो । 

सर्वोच्चको निर्णयपछि ब्यूँतिएको ‘युथ फोर्स’ले ओलीलाई ठूलो संख्यामा सवारी साधनको लावालस्करसहित बालकोट लाने तयारी गरेको छ । सोहीअनुसार ओली भर्खरै बालुवाटारबाट गाडी र मोटरसाइकलको लावालस्करसहित निस्किएका छन् ।

Leave A Reply

Your email address will not be published.