प्रधानमन्त्री देउवाले लिए शपथ

0

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयले देउवालाई सर्वोच्च अदालतले सोमबार दिएको परमादेश अनुसार मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति जारी गरेको थियो । तर प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएको भन्दै देउवाले शपथ नलिने अडान राखेका थिए ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिको भाषा सच्चाएपछि देउवाले शपथ लिएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागि भएनन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, डा बाबुराम भट्टराईसहित शीर्ष नेताहरु शपथग्रहण समारोहमा सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.