शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं : एमाले अध्यक्ष केपी ओलीलाई विस्थापित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक देशको प्रधानमन्त्री बनेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले विज्ञप्ति निकाल्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जनाएको हो ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
देउवा २०५२ सालमा, २०५८ सालमा, २०६१ सालमा, २०७४ सालमा प्रधानमन्त्री भएका थिए । देउवाको शपथको कार्यक्रम साँझ ६ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।