तमु समाज बेल्जियमको अध्यक्षमा ओमराज तमु निर्वाचित

0

कोरोनाको प्रतिबन्धका कारण दुई पटक सर्न पुगेको तमु समाज बेल्जियमको ११औ अधिबेशन ११ जुलाईका दिन बेल्जियमको एन्टवेर्पेन शहरमा सम्पन्न भएकोछ ।


समाजका अध्यक्ष श्रीमती नन्द कुमारी तमुस्यो र जेष्ठ अभिभावक श्री क्याप्टेन जोख बहादुर तमुले सयुक्त रुपमा पानसमा बत्ति बालि रार्ष्ट्रिय गित र तमु ह्युल्सा क्वोइ बजाएर उद्घाटन भएको पहिलो सत्रको कार्यक्रम महासचिव अनिता घलेले संचालन गर्नु भएको हो ।

विशेष अतिथि गैर अवासिय नेपाली संघ केन्द्रिय समितिका पुर्व सचिब श्रीमती जानकी तमुस्यो, समाजका संस्थापक अध्यक्ष मीन तमु , पुर्व अध्यक्षहरु पदम तमु प्रबासी, जीवन तमु, कुमार तमु, सल्लाहकार अर्जुन तमु , इशा तमुस्यो,लाल तमु, , आजीवन सदस्य रतन तमु एवं गम बहादुर तमु लगायतले अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो । कोरोना कहरकै बिच अधिबेशन हुँदै गरेको हुनाले संस्थापक महासचिव श्री युवराज तमु, युरो नेपाल खेलकुद संघ ,उत्पीडित जातिय समाज बेल्जियम ,तामाङ समाज , विश्व मगर समाज,थकाली समाज,शेर्पा किदुग, सयुक्त किराँत समाज,पासा पुच:, तमु समाज स्पेन , तमु धि यु.के, आदिवासी जनजाति महासंघ बेल्जियम , आदिवासी जानजाति महासंघ पोर्तुगल, तमु ह्युल छोज धि जिल्ला समिति चितवन ,गैर आवसिय नेपाली संघ बेल्जियम , तमु ह्युल छोज धि -गुरुङ राष्ट्रिय परिषद नेपाल केन्द्रिय समिति अध्यक्ष श्री रेशम तमु , आदिवासी जनजाती महासंघ केन्द्रिय समिति अध्यक्ष श्री जगत बराम ज्यु BENELUX का लागि नेपाली राजदूत महामहिम श्री गेहेन्द्र राजाभण्डारीज्यूले पठाउनु भएको शुभकामना सन्देशलाई पहल समितिका सदस्य श्री नन्दराजघलेले पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन सहित विभिन्न उपसमितिहरुको प्रतिबेदनहरु माथि छलफल चलाईएको थियो भने यस कार्यकालमा विशेष सहयोग पुर्याउनु हुने लक्जेमबर्ग निवासी समाजका आदरणीय संरक्षक श्री नारायण तमुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

समाजका अध्यक्ष एवं पहिलो सत्रका सभापति नन्द कुमारी तमुस्योले सहभागीहरु एवं शुभकामना मन्तव्य उपलब्ध गराईदिनु भएकोमा महामहिम राजदूत लगायत सम्पुर्ण संघ संस्थाहरुलाई धन्यवाद प्रकट गर्दै पहिलो सत्रको समापन गर्नु भएको थियो ।

दोस्रो चरणको बन्द सत्र कार्यक्रमको लागि श्री टंक प्रसाद तमुको अध्यक्षमा श्री कुमार तमु, श्रीमती जानकी तमुस्यो,श्री बालेन्द्र तमु , श्री होम तमु , श्री नन्दराजघले र श्री अर्जुन तमु सहितको सात सदस्यीय अध्यक्ष मण्डल गठन भएको थियो । यस सत्रले बिधान माथि व्यापक छलफल चलाउदा श्री चित्र जङ्ग तमु लगायत सहभागीहरुले उठान गर्नु भएको जिज्ञासाहरुमा केहि प्रावधानहरु थपघट गर्ने निर्णय गर्नुका साथै जेष्ठ नागरिक ८६ बर्षिय श्री क्याप्टेन जोख बहादुर तमुलाई आदरणीय संरक्षकको पदले सम्मान गर्ने निर्णय गरेको थियो ।

अत्यन्तै सहार्दतापुर्ण वातावरणमा भएको निर्वाचन प्रकृयामा अध्यक्ष मण्डलले श्री ओमराजतमुको अध्यक्षतामा तीन जना उपाध्यक्षहरु क्रमश: प्रथम उपाध्यक्ष श्री राम घले,श्री जुम काजी तमु र श्रीमती अनिता घले महासचिव श्री सुर्य बहादुर तमु , सचिव श्रीमती उमा तमुस्यो , कोषाध्यक्ष श्री राजेन्द्र कुमार तमु एवं सदस्यहरुमा श्रीमती बिना तमुस्यो र श्रीमती जिवन्ती तमुस्योलाई निर्वाचित हुनु भएकोछ , बाकी रिक्त पदहरुमा कार्यसमितिको पहिलो बैठकद्वारा क्षेत्रगत रुपमा मिलाएर पदपुर्ति गरिनेछ .

निर्वाचित सम्पुर्णलाई अध्यक्ष मण्डलका अध्यक्ष श्री टंक प्रसाद तमुद्वारा *सपथ * गराउनु भएको थियो भने दोस्रो चरणको सत्रलाई नन्दराजघलेले संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.