सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनर्स्थापना
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले निवेदकले मागे बमोजिम सर्वसम्मत निर्णय गरेको जानकारी दिएका छन् ।
रिट निवेदकले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरी संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका थिए ।