हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट
एजेन्सी : हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट चयन भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार लाम्बार्टलाई राष्ट्रपति नियुक्ती गर्नुपर्ने प्रस्ताव त्यहाँको सिनेटबाट पारित गरिएको थियो ।
गत बुधबार जोभेनल मोइजलाई उनकै निवासमा गोली हानेर हत्या गरिएपछि राष्ट्रपति पद रिक्त थियो ।
राष्ट्रपति नियुक्त गर्नुपर्ने संकल्प प्रस्ताव सिनेटमा लगिएपछि प्रतिपक्षी दल र अन्य संगठनले समेत समर्थन गरेका थिए । हाइटको संसदमा अहिले एक तिहाइ सदस्य मात्रै छन् ।
प्रस्ताव पारित भएपछि लाम्बार्टले सपथ ग्रहणको तयारी थालेका छन् । कार्यभार सम्हालेपछि उनले नयाँ सरकार गठनको तयारी सुरु गर्नेछन् ।
यसैबीच सैनिक सहायताको अपील हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक सहायताका लागि अपिल गरेको छ ।
राष्ट्रपति जोभिनल मोइसको हत्या भएपछि देशका प्रमुख पूर्वाधारहरुको रक्षाका लागि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघसँग आफ्नो देशमा सैनिक पठाउन आग्रह गरेको हो ।