अमेरिकाले नेपाललाई १५ लाख बढी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

0

काठमाडौं : अमेरिकाले नेपाललाई १५ लाखभन्दा बढी कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी बेरीले केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड-१९ खोप निःशुल्क उपलब्ध गराउने जानकारी दिएका हुन् । 

अमेरिकी राजदूत बेरीले ट्वीटरमा लेख्दै भनेका छन्,‘आउने केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्‍नेगरी कोभिड-१९ खोप अनुदानमा उपलब्ध गराउँदैछ ।’ 

अमेरिकाले जोन्सन एण्ड जोन्सनको कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागेको हो । यो खोप एक डोज लगाए पुग्छ । 

नेपाललाई दिने खोप सम्बन्धी समाचार रोयटर्सले बाहिर ल्याएपछि अमेरिकी राजदुतले उक्त धारणा सार्वजनिक गरेका हुन् ।  रोयर्टसका अनुसार अमेरिकाले नेपाललाई १५ लाख जोनसोन एण्ड जोनसोन र भुटानलाई ५ लाख मोडर्ना खोप दिन लागेको हो ।

‘नेपाल अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो’,’राजदूत बेरीले लेखेका छन्,‘अमेरिका सधैँ नेपालीको साथमा छ र नेपालीको जीवन स्तर सुधारमा निरन्तर काम गरिरहनेछ ।’

No description available.
Leave A Reply

Your email address will not be published.