सरोकार नै नभएका व्यक्तिले दल दर्ता खारेजीको निवेदन दिनु हास्यास्प‍द : माओवादी केन्द्र

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नेहरुलाई माओवादी केन्द्रले ‘अवसरवादी र अनैतिक तत्व’को संज्ञा दिएको छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले विज्ञप्ति जारी गर्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले त्यस्तो हर्कत गर्नु हास्यास्पद देखिएको बताएका छन् ।

माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापा सहितका नेताले दिएको पार्टी खारेजीको निवेदन दर्ता गरेकोप्रति पनि माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदनक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,’ विज्ञप्‍तिमा भनिएको छ, ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ ।’

माओवादीले संविधान, कानून, विधि, विधान विपरित दुष्प्रचार गरिएको भन्‍दै नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गरेको छ। त्यस प्रकारका अनाधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सृजना हुने भएकोले आइन्दा त्यसो नगर्नसमेत ओयोगलाई चेतावनी विज्ञप्‍तिमा दिइएको छ । 

Leave A Reply

Your email address will not be published.