दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाले गरे आत्मसमर्पण

0

एजेन्सी : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति  जेकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार राति निवास नजिकै रहेको कारागारमा पुगेर उनले प्रहरीसँग आत्मसमर्पण गरेका हुन् । 

अदालतको मानहानी मुद्दाका सजाय तोकिएका उनलाई पक्राउ गर्ने तयारीमा प्रहरी थियो । 

७९ वर्षीय जुमालाई अदालतको मानहानी गरेको कसुरमा गतसाता १५ महिनाको जेल सजाय सुनाइएको थियो । 

२००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति रहेका जुमाले पदमा रहँदा भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको थियो । उक्त मुद्दामा उनले आफ्नो पक्षको प्रमाण पेश गर्न अदालतले गरेको आदेश पालना गरेका थिएनन् । 

त्यसपछि अदालतको आदेश पालना नगरेर मानहानी गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको हो । 

Leave A Reply

Your email address will not be published.