बलिउडका चर्चित अभिनेता दिलीप कुमारको निधन

0

एजेन्सी : बलिउडका चर्चित अभिनेता दिलीप कुमारको निधन भएको छ । भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्‍बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्‍चार माध्‍यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार उनी लामो समयदेखि बिरामी थिए । 
भारतीय प्रधान मंत्री नरेन्द्र मोदीले एक समवेदना संदेश दिंदै चर्चित अभिनेत दिलीप कुमारको निधन ‘ संस्कृतिक विश्व’ का लागि ठूलो क्षति भएको बताए। 

त्यस्तै बलिवुडका चर्चित अभिनेता, अमिताभ  बच्चन, ले भने, “एक संस्थाको अन्त्य भएको छ।  जब भारतीय चलचित्रको इतिहास लेखिने छ,  त्यो सधैं ‘दिलीप कुमार भन्दा पहिले र दिलीप कुमार भन्दा पछि’ भनेर लेखिने छ।”  

स्वर्गीय दिलीप कुमारले ‘ज्वार भाटा’ (१९४४), ‘अंदाज’ (१९४९), ‘आन’ (१९५२), ‘देवदास’ (१९५५), ‘आजाद’ (१९५५), ‘मुगल-ए-आजम’ (१९६०), ‘गंगा जमुना’ (१९६१), ‘क्रान्ति’ (१९९१), ‘कर्मा’ (१९८६) और ‘सौदागर’ (१९९१) समेत गरी ५० भन्‍दा बढी बलिउड फिल्‍ममा अभिनय गरेका छन् ।

उनले ८ पटक ‘बेस्ट एक्टर’ का रूपमा फिल्मफेयर अवार्ड पाएका थिए । यस्‍तै हिन्‍दी सिनेमामा सबैभन्‍दा ठूलो सम्‍मान मानिने ‘दादा साहेब फाल्के अवार्ड’ बाट पनि  उनलाई सम्‍मानित गरिएको थियो । सन २०१५ मा भारत सरकारले उनलाई ‘पद्‍म भूषण’ बाट सम्मानित गरेको थियो । 

Leave A Reply

Your email address will not be published.