एमाले कार्यदल बैठक : भएन ठोस् सहमति

0

काठमाडौं : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको मंगलबारको बैठकले पनि कुनै ठोस् निर्णय गर्न सकेन । 

नेकपा एमालेको विवाद समाधान गर्नका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतीमा गठन भएको कार्यदलको मंगलबारको बैठकले पनि कुनै ठोस् निर्णय निकाल्न सकेन । 

बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

बैठकपछि कार्यदल सदस्य गोकर्ण विष्टले विवाद समाधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको तर कुनै निष्कर्षमा नपुगेको बताए । उनले विभिन्न कोणबाट विमति भएका विषयमा छलफल भएको जानकारी दिए । सहमति हुनेगरी बुधबार पुन बैठक बस्ने बिष्टले बताए ।

त्यस्तै कार्यदल सदस्य भीम रावलले विभिन्न समयमा एमालेभित्र भएका घटनाका विषयमा छलफल भएको जानकारी दिए । एमाले भित्र देखिएका समस्या समाधानका लागि पनि छलफल भएको उनको भनाइ छ । थप बुधबार बैठक बसेर समस्या समाधानका लागि आएका धारणाहरुका आधारमा अघि बढ्ने उनले बताए ।

कार्यदलबीच सोमबार पनि छलफल भएको थियो । पार्टीभित्रको विवाद समाधानका लािग अध्यक्ष केपी शर्मा ओली समूहबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदलमा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् भने माधव समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

Leave A Reply

Your email address will not be published.