काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर प्रणाली

0

काठमाडौं : काठमाडौं उपत्यकामा सवारी साधानमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइ असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी सधानले प्रवेशका लागि पास लिनु पर्ने छ ।

त्यसैगरी यसअघि २५ सिट भन्दा माथिका सवारी साधन मात्रै चल्न दिने भएकोमा अब सबै सवारी साधन सञ्चालन गर्न पाइने छ । सार्वजनिक यातायातमा कुल सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने भएका छन् ।

पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरी सवारी मास्क नलगाउने यात्रुलाई सवारी साधन संचालन गर्न सकिने आदेशमा उल्लेख छ । सफा टेम्पो तथा निलो माइक्रोले ९ जना यात्रु भन्दा बढी चढाउन नपाउने भएका छन् ।

स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्ने पाइने भएको छ ।

Leave A Reply

Your email address will not be published.