माधव समूह ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

0

काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । 

बिहीबार काठमाडौंमा बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आह्वान गरेको बैठकमा सहभागी नहुने निर्णय गरिएको बैठकपछि नेता भीम रावलले जानकारी दिए ।

केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीबाट बोलाउनुपर्नेमा त्यसो नगरिएको भन्दै बैठकमा सहभागी नहुने निर्णय गरिएको रावलले जानकारी दिए ।

बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । उनले एमालेलाई ९ औं महाधिवेशनको मार्गनिर्देशन अनुसार चलाउनका लागि आफुहरुले पहल गरिरहेको तर पार्टीको विधि विधान विपरीत महाधिवेशन आयोजक कमिटीले बोलाएको बैठक नै अवैध रहेको बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

रावलले महाधिवशेन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तर गरिनु पनि पार्टीको विधि विधान विपरीत रहेको र ९ औं महाधिवेशन पछि कै अवस्थामा लैजानुपर्छ भन्ने आफुहरुको माग रहेको जिकिर गरे ।

ओली पक्षले बुधबार आफूले गठन गरेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपन्तारण गरेको थियो । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा माधव समूहले आपत्ति जनाएको छ ।

Leave A Reply

Your email address will not be published.