संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा र पूर्वमहान्यायाधिवक्ता खरेलबीच सवाल जवाफ

0

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सरकारको बचाउमा उत्रिएका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलबीच लामो र रोचक सवाल जवाफ भएको छ ।

वरिष्ठ अधिवक्ता खरेलले संविधानको धारा ७६ को उपधार (२) र धारा ७६ को उपधारा (५) दुबैको मर्म स्वतन्त्र प्रयोजन नभई दलीय नियन्त्रण भित्रकै व्यवस्था भएको जिकिर गरेपछि प्रधानन्यायधीश राणाले खरेललाई प्रश्न गरेका थिए ।

उनले संविधानको धारा ७६ (२) र (५) के फरक छ भन्दै धारा ७६ (५) त दलका लागि नभइ सांसदका लागि रहेको र त्यसमा दलीय ह्वीप नलाग्ने बहस भइरहेको छ नि भन्दै खरेललाई प्रश्न गरे ।

जवाफमा खरेलले ब्याख्या जसरी पनि गर्न वा लैजान पाइने तर सो व्यवस्था पनि दलकै लागि भएको भन्दै त्यस अनुसार सरकार बनाउँदा पनि दलीय समर्थन आवश्यक पर्ने जिकिर गरे ।

प्रधानन्यायाधीश राणाले त्यसो हो भने धारा ७६ को उपधारा (५) अनुसार शेरबहादुर देउवाको दाबी बेठिक हो भन्दै प्रतिप्रश्न गरे । खरेलले देउवाको दाबी बेठिक भएको भन्दै दाबी पेश गर्दा कांग्रेस र माओवादीको दलको निर्णय राखिएको तर एमालेका केही सांसदहरुको समर्थन रहेको भन्दै दलको निर्णय नराख्नु गलत भएको बताए ।

Leave A Reply

Your email address will not be published.