पर्सा : पर्सामा मंगलबार बिहान पानीसँगै परेको चट्याङले लागेर ३ जनाको मृत्यु भएको छ । चट्याङ लागेर अन्य ४ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
चट्याङ लागेर मृत्यु हुनेमा पर्साको पटेर्वासुगौली–४ पथरैयाका ५५ वर्षीय रघुबिर यादव, सोही ठाउँका २७ वर्षीय रोसलान गदी र जीराभवानी गाउँपालिकाका ५० वर्षीया असतुरनी देवी थरुनीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका राजबली गदीको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।