अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ : गृहमन्त्री पौडेल

0

काठमाडौं : गृहमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताएका छन् ।

सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गर्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए ।

अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यू.आर. कोड सहितको नेपाली कोडबाट सिधै छपाइ रहने भिसा प्रणालीको सुरुवात् गरिएको बताए । यसबाट विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने उनको भनाई थियो ।

अध्यागमन विभागको यो सेवाबाट पर्यटकहरुले नेपालमा सहज रुपमा भिसा प्राप्त गर्नसक्ने र पर्यटन क्षेत्रको समेत विकास हुने महानिर्देशक भट्टराईले बताए ।

Leave A Reply

Your email address will not be published.