माधव नेपाल देउवाको कार्यकर्ता, प्रचण्डको पुच्छर : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले विपक्षी गठबन्धनमा रहेका तीन नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव नेपालका विरुद्ध कडा आक्रोश पोखेका छन् ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा सोमबार बाल्वाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्ड पथमा हिँडेको आरोप लगाए । उनले कांग्रेस प्रचण्डपथमा हिँडेपछि त्यसको छायाँ न्यायालयमा पनि परेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई नेपाली कांग्रेसका सभापति देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको पुच्छर भएको टिप्पणी गरे । ओलीले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताए ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरे । ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई रंग बदल्ने छेपारोसँग तुलना गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गरे । उनले राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको दाबी गरे ।

Leave A Reply

Your email address will not be published.