कोरोना नियन्त्रणको नियम पालना नगरेको आरोपपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

0

एजेन्सी : बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । उनीमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो ।  

उनले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी मागेका छन् ।

सँगै काम गर्ने एक जना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्रीमाथि राजीनामा दिन दबाब परेको थियो । त्यस्तै विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छिन् ।

बेलायतमा कारोना भाइरसको तेस्रो लहरकाे जाेखिम बढेकाे छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण पाइएको छ भने यो अवधिमा थप २४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

Leave A Reply

Your email address will not be published.