निर्वाचन सम्बन्धी विधेयक अमेरिकी माधिल्लो सदनमा विफल
एजेन्सी : अमेरिकी रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक विफल बनाइदिएका छन् ।
राष्ट्रपति जो बाइडेनको प्राथमिकतामा परेको ‘फर द पिपुल’ विधेयक अमेरिकाको माथिल्लो सदनका रिपब्लिकनहरुले रोकेका हुन् ।
हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक दलीय आधारमा मत विभाजन हुँदा पक्ष र विपक्षमा समान ५०–५० मत खसेपछि अवरुद्ध भएको हो । १० सिट रहेको सिनेटबाट विधेयक पारित हुन ६० सदस्यको समर्थन चाहिन्छ ।
पक्षधरहरुले सन् १९६५ को भोटिङ्ग राइट एक्टपछिको सबैभन्दा बिस्तारित र मताधिकार सुनिश्चित गर्ने व्यवस्था विधेयकमा रहेको बताउँछन् ।
राष्ट्रपति बाइडेनले निर्वाचन कानून सम्बन्धी विषय आफ्नो प्रशासनको मुल मर्म रहेको बताउँदै आएका छन् । तर केही डेमोक्र्याटहरुले चाहिने जति प्रयास नगरेको आरोप उनीमाथि लगाउँदै आएका छन् ।