ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।
काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले सोमबार रिट दर्ता गरेका थिए ।
उनीहरु चार महिना वितिसक्दा समेत कोरोनाविरुद्धको दोस्रो डोज लगाउन नपाएको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।
करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज पाएका छैनन् ।