नेपालमा थप २२ सय ९७ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा सोमबार थप २२ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ५ सय ८३ वटा पीसीआर परीक्षणका क्रममा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४९ हजार ९ सय ४८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ हजार ७ सय ७२ पुगेको छ ।

त्यस्तै थप ३ हजार १ सय ३० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ५९ हजार ९ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल ५३ हजार ९४० सक्रिय संक्रमित आइशोलेशन र ४४२ जना क्वारेन्टिनमा छन् । त्यस्तै हालसम्म नेपालमा ३२ लाख ७५ हजार ८४९ वटा पीसीआर र १ लाख ४६ हजार ८८३ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.