पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले अग्रपङ्तीमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।

अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई पहिलो डोज खोप दिन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेश दिनु नपर्ने कुनै कारण आधार भएमा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सर्वोच्चले निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.