विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेशसभाको बैठक बहिष्कार

0

बुटवल : अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।

आइतबार बसेको बैठक शुरु हुनसाथ कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार वैध कि अवैध पहिला छुट्याउनुपर्ने बताए । उनले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने जिकिर गरे ।

उनले प्रदेशको समृद्धिका लागि बजेट नआएको आरोप लगाए । मुख्यमन्त्रीले कार्यकर्ता पाल्ने गरी बजेट ल्याएको आरोप उनको छ । कनौडियाले सरकारले नै संघीयतालाई अधिकारबिहीन बनाएकोे भन्दै प्रदेश सरकारले पनि प्रदेश सांसदहरुलाई भूमिकाबिहीन बनाए बजेट ल्याउनु दुखद भएको बताए । मनपरी बजेटको स्वामित्व आफुहरुले लिन नसक्ने र समर्थन पनि हुन नसक्ने भन्दै सहयोग गर्न नसक्ने उनले बताए ।

उनले बजेटमा त्रुटी भएका ठाँउमा सच्चाएमात्र सहयोग गर्न सक्ने स्पष्ट पारे ।

विपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरे । लुम्विनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भएपनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.