नेपालमा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा शुक्रबार थप २ हजार ७ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ५ सय ६९ पीसीआर परीक्षणका क्रममा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ८०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ८ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ४ हजार २० संक्रमित निको हुदा हालसम्म नेपालमा ५ लाख ४९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

हाल ५९ हजार ६ सय २४ संक्रमित आइशोलेशन र ४८९ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा ३२ लाख ५५ हजार ५ सय ७९ वटा पीसीआर र १ लाख ३३ हजार ६२७ वटा एन्टीजेन परीक्षण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.