आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

0

काठमाडौं : आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग गरिएको सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर लगायत छन् ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य मन्त्री तामाङले प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीको उचित प्रयोग गरिने प्रतिवद्धता जनाए । नेपाललाई कोरोना महामारीमुक्त बनाउनका लागि सवैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न उनले आग्रह गरे ।

युरोपेली युनिएनको कार्यक्रम अन्तर्गत यसअघि पनि विभिन्न राष्ट्रले नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ । 

Leave A Reply

Your email address will not be published.