विपत्तिबाट बच्न सबै पक्षको गम्भीर ध्यान जान जरुरी : पूर्वराजा ज्ञानेन्द्र

0

 काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को यस विषम परिस्थितिमा सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन् । 

बिहीबार पूर्वराजा ज्ञानेन्द्रले एक वक्तव्य जारी गर्दै कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै यसको सबैले मिलेर सामना गर्न आग्रह गरेका हुन् । 

उनले प्राकृतिक विपत्तिबाट बच्न पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार तथा राहतको व्यवस्थामा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने ज्ञानेन्द्रले बताएका छन् । 

‘मनसुन प्रारम्भ मात्र भएको समयमा नै यति धेरै क्षति हुन पुग्यो भने  तीब्र वर्षात् आउने समयमा अझै के के हुने हो ?’ उनले प्रश्न गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्रले विपत्तिबाट भएको क्षतिले आफूलाई दुखी बनाएको उल्लेख गरेका छन् । ‘हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरूको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित् तुल्याएको छ’ उनले भनेका छन् ।

Leave A Reply

Your email address will not be published.