बाइडेन र पुटिनबीच जेनेभामा ३ घण्टा भेटवार्ता

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । जेनेभामा भएको उक्त भेटवार्ता ३ घण्टा चलेको बताइएको छ ।

बाइडेन र पुटिनको भेटमा परमाणु हतियार नियन्त्रणका सम्बन्धमा वार्ता जारी राख्ने सहमति भएको छ । यस्तै अमेरिका र रुसले पुनः आआफ्ना राजदूतहरु पठाउने भएका छन् । गत मार्चमा दुबै देशले आफ्ना राजदूत फिर्ता बोलाएका थिए ।

मतभेदहरु वार्ताको क्रममा राखिएको अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् । मतभेदहरु अतिशयोक्तिपूर्ण तवरले नराखिएको पनि बाइडेनले बताएका छन् । रुस अर्को शितयुद्धको पक्षमा नरहेको पनि बाइडेनले भेटपछि बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनले बाइडेन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले ‘समान धारणा’ राखेको बताएइएको छ ।

बाइडेनले पुटिनलाई कस्टम मेड एभिएटर सनग्लासेज दिएका थिए । तर पुटिनले बाइडेनलाई कुनै उपहार दिए नदिएको स्पष्ट छैन ।

सन् २०१८ मा पुटिनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिनल्याण्डको हेलसिन्कीमा भएको भेटपछि फुटबल उपहार दिएका थिए ।

Leave A Reply

Your email address will not be published.