काठमाडौं : नेपाली कांग्रेसले चौधौं महाधिवेशन सरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदााधिकारी बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
बैठकले भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका परिवर्तन गरेर १६-१९ सम्म गर्नेगरी सारेको हो । बैठकले क्रियाशील सदस्यता २० असारसम्म छानबिन गरेर २४ असारमा सार्वजनिक गर्ने र वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।
यो महाधिवेशनको मिति केन्द्रीय समितिमा पारितका लागि पेस गरिनेछ । नेपालको संविधान २०७२ अनुसार कांग्रेसले महाधिवेशनको मिति भदौ १९ भन्दा पर सार्न नमिल्ने अवस्था थियो ।
यसअघि, ६ फागुन २०७७ मा कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ मा गर्ने निर्णय गरेको थियो ।