थप ३७ सय ५० काेराेना संक्रमित थपिए

0

पछिल्लो २४ घण्टामा नेपालमा झण्डै चार हजारको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५० जना संक्रमित थपिएका हुन् । यो अवधिमा पिसिआर र एन्टिजेन गरी १५ हजार १८२ जनाको नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोनाबाट मुक्त भएका छन् । त्यस्तै थप ६७ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर अहिले ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन् ।

Leave A Reply

Your email address will not be published.