पोखरा : गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार सरकारको दाबी गर्न आह्वान गरेकी छन् । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि शनिवार दिउँसो ३ बजेसम्म आफ्नो दावी पेस गर्न समय दिएकी छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विहिवार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । संविधानको धारा १६८ उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका एमाले नेता पृथ्वीसुब्बा गुरुङले उपधारा ४ अनुसार बिहीबार विश्वासको मत पाएका थिएनन् ।
प्रदेशसभा सचिवालयले शुक्रबार नै मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसेको जानकारी गराएको थियो । यो लगतै प्रदेश प्रमुख पौडेलले नया सरकार गठनको आह्वान गरिकी हुन् ।
प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्तीको आह्वान लगतै विपक्षी गठबन्धन सरकारको दाबी गर्न जाने तयारी थालेका छन् ।