काठमाडौं : बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो । नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जिव उप्रेतीसहित ८ जनालाई पक्राउ गरिएको छ ।
सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन् ।
नागरिक अगुवाहरुले कानुन मिचेर झापाको वि एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै विरोध गरेका छन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा लगिएको छ ।