बेलायतले गरिब देशहरुलाई १० करोड डोज खोप दिने

0

एजेन्सी : बेलायतले गरिब देशहरुलाई १० करोड डोज खोप सहयोग गर्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी केही साताबाट खोप उपलब्ध गराउन शुरु गरिने बताएका छन् ।

जी सेभेन राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा जोनसनले आफूलाई चाहिनेभन्दा बढी रहेका १० करोड खोप अर्को वर्षसम्म वितरण गरिने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेका थिए ।

बेलायतले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.