युरोपमा क्रियाशील पत्रकारहरुको एक महिने आधारभुत तालिम सम्पन्न

0

विजय शर्मा दर्पण, बार्सिलोना, जुन १०, २०२१

नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाल प्रेस इन्स्टिच्युटसँगको समन्वयमा आयोजना गरेको एक महिने आधारभूत पत्रकारिता तालिमको बिहिबार समापन गरिएको छ।

तालिममा विभिन्न सञ्चारमाध्यममा भर्खरै काम गर्न थालेका र आमसञ्चारमा रूचि राख्ने १८ जनाले सहभागिता जनाएका थिए। तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । समापनमा सहभागीहरूमध्ये रामकृष्ण पुडासैनीले तालिमको उपलब्धिहरूबारे अनुभव सुनाएका थिए।

महासंघ युरोप शाखाकी अध्यक्ष सरस्वती कार्कीको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा गैरआवासीय नेपाल संघका अध्यक्ष कुमार पन्त प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए।

प्रमुख अतिथि पन्तले पत्रकारहरुले कसैको मानमर्दन नगरी राम्रो कसरि गर्न सकिन्छ भनेर अगाडी बढ्न सुझाब दिए । पत्रकार र एनआरएन संगसंगै मिलेर अगाडी बढ्नु पर्ने भन्दै संघको साथ सहयोग संधै रहने बताए। प्रबाशमा भएका गतिबिधिलाई सजिलै नेपालमा सुशुचित गर्ने नेपाली पत्रकार धेरै नै क्रियाशील रहेको बताए। गैरआवासीय नेपाली संघले भुकम्प गएको समयमा, हावाहुरी लागेको बेलामा, कोरोनाको बेलामा होस् एनआरएनले गरेको सहयोगलाई प्राथमिकता साथ प्रकाशित गरेकोमा धन्यबाद प्रकट गरे।

पूर्व निर्बाचन आयुक्त तथा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष उप्रेतीले प्रशिक्षण कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी तथा प्रशिक्षक कपिल काफ्लेलाइ धन्यबाद तथा शुभकामना ब्यक्त गरे। त्यस्तै नेपालमा अहिले बढिरहेको कोरोना माहामारीको लागी सहयोगको पहल गरिदिनुहुन उप्रेतीले अनुरोध गरे ।

डेनमार्कका लागि नेपाली राजदुत युवराज लम्साल, नेपाल पत्रकार महासंघका सल्लाहकार निर्मला शर्माले , बरिष्ठ पत्रकार भैगिरथ योगी, इन्जा युरोपका अध्यक्ष दधी सापकोटा, बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा लगायतले तालिमका सहभागीहरूलाई शुभकामना दिए। कार्यक्रम महासंघकी सचिब अनुराधा पौडेलले संचालन गरेकी थिइन्।

महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, खेलकुद पत्रकार निरन्जन रावबंशी, अध्यक्ष बिपुल पोख्रेल र कार्यक्रम प्रबन्धक कपिल काफ्ले लगायतले सहभागी प्रशिक्षार्थीहरूलाई सहजीकरण गरेका थिए।

Leave A Reply

Your email address will not be published.