कर्णालीका ४ सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौँ  : सर्वाेच्च अदालतले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने एमाले माधव नेपाल समूहका चार सांसदलाई पुनर्वहाली गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  

पार्टी अनुशासन तथा ह्वीप उल्लंघन गरेको भन्दै एमाले केपी शर्मा ओली समूहले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई बर्खास्त गर्न प्रदेश सभालाई पत्र लेखेपछि पदमुक्त भएकाहरुलाई अदालतले पुनर्वहाली गरिदिएको हो ।

चारै जना प्रदेश सभा सदस्यले पार्टीको कारबाही बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।