काठमाडौं : झपाको बीएण्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिन खोजेको भन्दै गोविन्द केसी अलाइन्सले काठमाडौंमा विरोध प्रदर्शन गरेका छ ।
अलाइन्स आवद्ध युवाहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । केहि बेर प्रदर्शन पछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।
यसअघि बिहीबार नै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगको जबर्जस्ती बैठक राखेर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन खोजेको भन्दै विरोध जनाएका थिए ।
केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिइरहेको र सम्बन्धन दिएमा अनसन बस्न नेपाल आउने बताएका छन ।