काठमाडौं : नेपालमा थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ७४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जना गरी कुल ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १५ हजार ६ सय ५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ भने ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ७९ पुगेको छ ।
हालसम्म ५ लाख १० हजार २ सय ७८ जना संक्रमित निको भएका छन् । हाल देशभर ८० हजार ३ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।