रौतहट : रौतहटको परोहा नगरपालिकाको रामपुरबाट प्रहरीले स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
परोहा नगरपालिका ९ रामपुरखापमा भारततर्फ बाट आउँदै गरेको बिआर०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ युवकका साथ बाट सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टी कुमार कलवार र सुरज कलवार रहेको प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले बताए ।
पक्राउ परेका बन्टी कुमारले सो रकम राजपुरको एक चिमनी भट्टामा पु¥याउन आएको बताएको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षमा सिमाक्षेत्रमा प्रहरीले स्रोत नखुलेको १ करोड १७ लाख ८६ हजार रुपैंया बरामद गरिसकेको छ ।