नेपालमा थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना संक्रमणमुक्त

0

काठमाडौं : नेपालमा सोमबार थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १२ हजार २ वटा पीसीआर परीक्षणका क्रममा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टीजेन परीक्षणका क्रममा ११ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म पीसीआर परीक्षणबाट ५ लाख ९१ हजार ४९४ संक्रमित र एन्टीजेन परीक्षणबाट १४ हजार ६६१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप ९२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ९ सय ९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ६ हजार ९ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ९७ हजार ९६० संक्रमित निको भएका छन् । हाल ८५ हजार ५४४ सक्रिय संक्रमित आइशोलेशनमा र ७१८ जना क्वारेन्टिनमा छन् ।

नेपालमा हालसम्म ३१ लाख ५५ हजार ६४ वटा पीसीआर र ७५ हजार ८५२ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.