अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य घटेसँगै नेपाल एयरलाइन्सले घटायो हवाइ भाडा

0

काठमाडौं : नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य २० प्रतिशतले घटाएको हो ।

आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाइ भाडा समेत घटेको छ । नेपाल वायुसेवा निगमले १५ प्रतिशतसम्म हवाइ भाडा घटाएको छ ।

वायुसेवा निगमका अनुसार एयरबस ३३० वाइडबडी जहाजको प्रति २ हजार ६० डलरले भाडा घटाइएको छ । यसअघि प्रतिघण्टा १५ हजार ५ सय २० अमेरिकी डलर लिँदै आएको निगमले अब १३ हजार ४ सय ६० अमेरिकी डलरमा झरेको जानकारी दिएको छ ।

यस्तै न्यारोबडी जहाजमा ७ हजार ७ सय १० डलर रहेकोमा अब ६ हजार ५ सय ८० डलरमा झरेको छ । चार्टरमा वाइडबडीको १३ प्रतिशत र न्यारोबडीमा १५ प्रतिशतले हवाइ भाडा घटेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

निगमले नियमित उडान शुरु भएसँगै भाडा समेत समायोजन गर्दै जाने बताएको छ । नेपालमा अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य सर्वाधिक महंगो भएको वायुसेवा कम्पनीले आवाज उठाउँदै आएका थिए ।

Leave A Reply

Your email address will not be published.