काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइका लागि गठन भएको सर्वोच्च अदालतको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ भएकाले संवैधानिक इजलाशको बैठक स्थगित भएको हो ।
सोमबारको संवैधानिक इजलासको बैठकमा न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिने कार्यक्रम थियो । जेठ १८ गते कार्की र भट्टराइ इजलासबाट बाहिरिएकाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ ।
त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि संसद विघटन विरुद्धको मुद्दाको सुनुवाइ अगाडी बढ्ने छ ।
इजलास गठनबारे प्रश्न उठेपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बरिष्ठताको आधारमा इजलास गठन गरेका थिए । तर, बरिष्ठताको आधारमा गठन गरिएको इजलासबारे पनि सरकार पक्षले असन्तुष्टि जनाउँदा संसद विघटन विरुद्धका रिटमा सुनुवाइ ढिलो हुँदै आएको छ ।