काठमाडौं : नेपालमा शनिबार थप ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ११ हजार ४७१ पीसीआर परीक्षणका क्रममा तीन हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणका क्रममा १ हजार ५ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार एक सय पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।

त्यस्तै थप ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ८ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

हाल ९२ हजार ९२८ सक्रिय संक्रमित आइशोलेशनमा र ७३० जना क्वारेन्टिनमा छन् । हालसम्म ३१ लाख ३२ हजार ५९१ वटा पीसीआर र ६६ हजार ८ सय ८९ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।