काठमाडौं : नेपालमा शुक्रबार थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १४ हजार १ सय ८२ पीसीआर परीक्षणका क्रममा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टीजेन परीक्षणका क्रममा दुई हजार २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ७ सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ८ हजार ६ सय ६३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना संक्रमित निको भएका छन् । हाल नेपालमा ९७ हजार ६९९ संक्रिय संक्रमित आइशालेशनमा र ७५५ जना क्वारेन्टिनमा छन् ।

हालसम्म नेपालमा ३१ लाख २१ हजार १२० वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।