मल अभाव नहुने गरी व्यवस्थापनमा जुट्न कृषि मन्त्री अर्यालको निर्देशन

0

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले पद्माकुमारी अर्यालले किसानलाई रासायनिक मलखादको अभाव नहुने गरी व्यवस्थापनमा जुट्न निर्देशन दिएकी छन् ।

शुक्रबार कृषि सामग्री कम्पनी लिमिडेटको अनुगमन र छलफल कार्यक्रममा मन्त्री अर्यालले किसानहरुले मल नपाएको गुसानो आएको भन्दै रासायनिक मलखादको अभाव नहुनेगरि व्यवस्थापनमा जुट्न निर्देशन दिएकी हुन् । कृषकहरुको पहिचान सहित मल बितरणको व्यवस्था मिलाउन उनले कम्पनीलाई निर्देशन दिइन् । सहकारी संस्थाहरुले दोश्रो पटक मल लिन आउदा अघिल्लो पटक लगेको मलको वितरण सूची र परिमाण माग गर्न पनि मन्त्री अर्यालले निर्देशन दिइन् ।

मन्त्री अर्यालले अहिलेका दिनमा पनि खेति लगाउनका लागि प्रयाप्त मल रहेको भन्दै वितरणमा समस्या देखिएको र तुरुन्त समाधान गर्ने प्रतिवद्धता जनाइन् ।

उनले वितरणका लागि ल्याएको मल आवश्यकता भन्दा बढि मौज्दात नराख्न पनि अनुरोध गरिन् । वार्षिक क्यालेन्डरसहित मल व्यवस्थापनमा मन्त्रालय लागेको उनको भनाइ छ ।

कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिडेटले हाल २० हजार ८६.९५० मेट्रिक टन यूरिया, ३९ हजार २ सय ८६.६८८ मेट्रिक टन डिएपी, ४ हजार १ सय ४६.६५० मेट्रिक टन पोटास र ४ सय ४४.५७५ मेट्रिक टन कृषि चून मौज्दात रहेको जानकारी गराएको थियो ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल रासायनिक मल यूरिया १५ हजार २०४ मेट्रिक टन, डिएपी १४ हजार ४ सय ४४ मेट्रिक टन र पोटास तीन हजार ८ सय ९६ मेट्रिक टन मौज्दात रहेको जानकारी गराएको थियो । 

Leave A Reply

Your email address will not be published.