सांसद पद गुमाएका जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

0

काठमाडौं : गण्डकी प्रदेशका सांसद पदबाट हटाइएका जनमोर्चाका नेता कृष्ण थापाले पुनस्र्थापनाको माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

आफूलाई सांसदबाट हटाइएकोमा आपत्ति जनाउँदै थापाले आज सर्वोच्चमा रिट दर्ता गरेका हुन् । रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग गरेका छन् ।

संसदीय दलको बैठक नबसी आफुलाई सांसदबाट हटाएको भन्ने थापाको तर्क छ । थापालाई पार्टीको केन्द्रीय समिति बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाएको थियो ।

यसअघि थापालाई पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्य र दलको नेताबाट समेत हटाएको थियो ।

Leave A Reply

Your email address will not be published.