काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले नागरिकता सम्बन्धी अध्यादेश विरूद्धका रिटको सुनुवाईका लागि बरिष्ठ न्यायाधीशहरू सम्मिलत संवैधानिक इजलासमा गठन गरेका छन् ।

संवैधानिक इजलासमा नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेका रिटमाथि आज नै सुनुवाई हुँदैछ ।

आज गठन भएको संवैधानिक इजलासमा राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन् । वरिष्ठ पाँच मध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा भएकाले सो भन्दा पछिकाा बरिष्ठ खतिवडालाई इजलासको सदस्य तोकेका हुन् ।

प्रतिनिधिसभा विघटन विरूद्धको रिटमा संवैधानिक इजलासको रोष्टरबाट कनिष्ठ न्यायाधीश छानेका थिए । ती मध्ये २ न्यायाधीशले नेकपा विवादमाथि फैसला र पुनरावलोकन नहुने आदेश दिएको भन्दै प्रश्न उठेको थियो ।

त्यसपछि इजलास गठन विवादित भएको भन्दै प्रधानन्यायाधीशको आलोचना भएको छ । सर्वोच्च अदालत भित्रै न्यायाधीशहरू र सर्वोच्च बारले बरिष्ठताका आधारमा इजलास गठन गर्न सुझाएका थिए ।

उनीहरूको सुझाव अनुसार काम गर्न प्रधानन्यायाधीशले वचन दिएका थिए । त्यसैले आजको संवैधानिक इजलासलाई चासोका साथ हेरिएको छ ।