अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

0

काठमाडौं : अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

अमेरिकाले पहिलो चरणमा २.५ करोड करोड डोज खोप वितरण गर्न लागिएको जानकारी दिइएको छ । यसमध्ये ७५ प्रतिशत अर्थात् १.९ करोड डोज खोप कोभ्याक्सकाे माध्यमबाट वितरण गरिने बताएको छ ।

यसमध्ये ६० लाख डोज ल्याटिन अमेरिका, ७० लाख डोज दक्षिण र दक्षिण पूर्वी एसियामा र ५० लाख डोज खोप अफ्रिकामा वितरण गरिनेछ । बाँकी ६० लाख डोज अमेरिकाले कोरोना महामारीको गम्भीर चपेटामा रहेका राष्ट्र, छिमेकी र पार्टनरहरुलाई वितरण गर्ने बताइएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपतिलाई खोप उपलब्ध गराएकोप्रति आभार व्यक्त गरेका छन् । 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जोइ बाइडेनलाई पत्र पठाएर नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन् । 

Leave A Reply

Your email address will not be published.